अरनिको राजमार्ग आठ दिनपछि सञ्चालनमा, ६० दिनभित्र काम सुरु नगरे पुनः अवरोध गर्ने स्थानीयको चेतावनी
जलसरोकार
काठमाडौँ: मंसिर २० गतेदेखि स्थानीयवासीले अवरुद्ध गरेको अरनिको राजमार्ग शनिबार बेलुकादेखि पुनः सञ्चालनमा आएको छ । कोदारीस्थित इको पहिरो क्षेत्रमा बाढी र पहिरोका कारण बस्ती जोखिममा परेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेपछि नाका आठ दिनसम्म बन्द रहेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उक्त राजमार्ग खुलाउन निर्देशन दिएका थिए । निरदेशनपछि सडक डिभिजन कार्यालय चरिकोटले मंसिर २६ गते ४८ करोड ४९ लाख रुपैयाँ लागतको टेन्डर आह्वान गरेको छ । कार्यालयका अनुसार टेन्डर प्रक्रियाका लागि ३५ दिन लाग्नेछ र त्यसपछि निर्माण कार्य सुरु हुनेछ ।
टेन्डर आह्वानको सूचना प्रकाशित भएपछि शनिबार स्थानीय पालिका, स्थानीयवासी तथा विभिन्न यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएको थियो । छलफलपछि स्थानीय आफैंले राजमार्ग खुलाएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत राईले जानकारी दिए ।
यद्यपि, स्थानीयले अबको ६० दिनभित्र सडक निर्माण कार्य सुरु नभए पुनः इको पहिरो क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । सडक सञ्चालनमा आएपछि सीमा क्षेत्रमा रोकिएका कन्टेनर तथा विद्युतीय सवारी साधन भन्सार यार्डतर्फ जान थालेका छन् । सडक बन्द हुँदा फलफूललगायत सामग्री कुहिएर ठूलो क्षति भएको व्यवसायीले बताएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना