कतारी लगानी आकर्षणबारे राष्ट्र बैंकका गभर्नरसँग छलफल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घको निमन्त्रणामा नेपाल भ्रमणमा आएको कतारी प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग भेटवार्ता गरेको छ।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम. ए. अलोबैदेलीको नेतृत्वमा आएको प्रतिनिधिमण्डल र गभर्नर पौडेलबीचको भेटमा नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ प्रणाली तथा सम्भावित लगानी क्षेत्रका विषयमा छलफल भएको थियो।
भेटवार्तामा नेपालका लागि कतारका राजदूत महामहिम मिसाल बिन मोहम्मद अली अल अन्सारी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको पनि सहभागिता रहेको थियो।
उक्त अवसरमा कतारी प्रतिनिधिमण्डलले नेपालमा स्थिर नीति, स्पष्ट कानुनी संरचना र बैंकिङ प्रणालीमा सहजीकरण भएमा कतारी लगानीकर्ताहरू दीर्घकालीन लगानी गर्न तयार रहेको धारणा व्यक्त गरेका थिए।
छलफलका क्रममा गभर्नर पौडेलले नेपालमा वैदेशिक लगानीका लागि उपलब्ध नीतिगत व्यवस्थाबारे जानकारी गराउँदै नेपाल सरकारले वैदेशिक लगानीलाई प्राथमिकतामा राखी नीतिगत सुधारका कार्यक्रमहरू निरन्तर अघि बढाइरहेको बताएका थिए।
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजका बोर्ड सदस्य अलोबैदेलीले कतारी निजी क्षेत्रको नेपालमा लगानीप्रति चासो बढ्दो रहेको उल्लेख गर्दै बैंकिङ, पर्यटन, सूचना प्रविधि तथा जनशक्ति विकासका क्षेत्रमा सहकार्यको पर्याप्त सम्भावना रहेको बताए। स्पष्ट लगानी रोडम्याप भए नेपालमा कतारी लगानी भित्र्याउन सकिने उनको भनाइ थियो।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक लगानी सहजीकरणका लागि महासङ्घले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कतारी लगानी नेपाल भित्र्याउन ठोस सम्भावना रहेको बताए। निजी क्षेत्र–निजी क्षेत्र सहकार्य, सरकार–निजी क्षेत्र संवाद र संस्थागत संयन्त्रमार्फत लगानी प्रक्रिया सहज बनाउन महासङ्घ प्रतिबद्ध रहेको उनले बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार