कतार राष्ट्रिय दिवस भव्यताका साथ मनाइँदै

काठमाडौं : राष्ट्रिय दिवसका अवसरमा नेपालस्थित कतारी राजदुतावासले काठमाडौमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय दिवसको अवसरमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारी जनतालाइ शुभकामना दिए ।
नेपालका लागि कतारी राजदुत मिशाल विन मोहमद अलअन्सारी र उपराष्ट्रपति यादवले संयुक्त रूपमा केक काटेर रात्रिभोजको शुरूवात गरेका थिए ।
कार्यक्रममा राजदूत अल अन्सारीले नेपाल र कतारबीचको बलियो कूटनीतिक सम्बन्धबारे उलुलेख गरे ।
नेपाल र कतार बीचको सम्बन्ध १९७७ मा स्थापना भएदेखि नै फस्टाइरहेको कतारी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा छ ।
राजदूत अन्सारीले कतारको विकास र समृद्धिमा नेपाली कामदारहरूको योगदानको प्रशंसा गर्नुका साथै यस वर्षको अप्रिलमा कतारका अमिरको नेपालको ऐतिहासिक भ्रमणले यो सम्बन्धलाई अझ बलियो बनाएको बताए ।
उक्त भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धको गहिराइलाई प्रतिबिम्बित गरेको पनि विज्ञप्तिमा छ। उनले दुई देशका सरकारहरूबीच सहयोगका लागि आठ समझदारीपत्र र सम्झौताहरूमा हस्ताक्षर भएको साक्षी बनेको समेत जानकारी दिए ।
२००७ मा शेख तमिम बिन हमद अल-थानी, युवराज र तत्कालीन उत्तराधिकारी, २१ जुन २००७ मा जारी गरिएको डिक्री नम्बर (११) अन्तर्गत प्रत्येक वर्ष डिसेम्बर १८ लाई आधिकारिक रूपमा राष्ट्रिय दिवस मनाउंने निर्णय गरिएको थियो ।
विज्ञप्तिअनुसार डिसेम्बर १८ को दिन कतारले राष्ट्रिय एकता हासिल गरेको र स्वतन्त्र राज्य बनेको अविस्मरणीय क्षण मनाउने दिन हो। यो दिन कतारका जनताप्रति प्रेम, गर्व र कृतज्ञताको अभिव्यक्ति पनि हो, जसले एकतामा उभिएर आफ्ना नेता शेख जसिम बिन मोहम्मद बिन थानीप्रति वफादारी र आज्ञाकारिताको शपथ लिएको विज्ञप्तिमा छ ।
डिसेम्बरमा, कतारको सम्पदाको परिचय दिन र राज्यको गौरव बढाउने कतारी समुदायको वास्तविक रीतिरिवाज र परम्पराको कदर गर्न विभिन्न उत्सव र कार्यक्रमहरू आयोजना गरिन्छ ।
डिसेम्बर १८, कतार राज्यको राष्ट्रिय दिवस, कतार राष्ट्रिय दिवस भनेको संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीद्वारा कतारको एकीकरणको राष्ट्रिय स्मरण हो। संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीले आधुनिक कतार राज्यको अवधारणा ल्याएर कतार एउटा एकीकृत, एकताबद्ध र स्वतन्त्र राज्य बनेको विस्वास छ । यो १८७८ को डिसेम्बर १८ मा भएको थियो।
कतार राष्ट्रिय दिवस राज्यभित्र धुमधामका साथ मनाइने गरेको छ भने विभिन्न देशमा रहेका राजदुतावासहरूले पनि पायक पर्ने समयमा ति देशहरूमा भव्यताका साथ मनाउंने गरेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सिँचाईं तथा निकास आयोग (आईसीआईडी) को उपाध्यक्षमा ई. सञ्जीव बराल निर्वाचित
-
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
-
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको घोषणा : सरकारी सुविधा नलिने, तलब शहीद सहयोग कोषमा
-
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता उठाउने प्रक्रिया तत्काल अघि बढाइने
-
ऊर्जा मन्त्रीमा कुलमान घिसिङ नियुक्त, इप्पानले व्यक्त गर्यो बधाई
-
अर्थमन्त्री खनालको पहिलो घोषणा : खर्च कटौती र तयारीविहीन आयोजना रोक्ने