अर्थमन्त्री खनाल र एडीबी अध्यक्ष कान्डाबीच भेटवार्ता
जलसरोकार
वाशिङ्टन डीसी (अमेरिका): विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा नेपालमा सञ्चालित एडीबी समर्थित परियोजनाहरूको प्रगति, उपलब्धि र चुनौती बारे विस्तृत छलफल गरिएको अमेरिकास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
उक्त भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्यहरू तथा एडीबीका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य