सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
जलसरोकार
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले आज इतिहासकै नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यो दर अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार, हालको मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारमा भइरहेको तीव्र मूल्यवृद्धि मुख्य कारण बनेको बताइन्छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ प्रति औंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन तोलामा ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदीको मूल्य ३३२५ रुपैयाँसम्म पुगेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य