सुनको मूल्य तोलामा साढे दुई लाख नाघ्यो
जलसरोकार
काठमाडौं: नेपाली बजारमा सुनको मूल्यले आज इतिहासकै नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यो दर अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार, हालको मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य वृद्धिमा अन्तर्राष्ट्रिय बजारमा भइरहेको तीव्र मूल्यवृद्धि मुख्य कारण बनेको बताइन्छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ प्रति औंस ४ हजार २ सय अमेरिकी डलर नाघेको छ । एक औंस बराबर २.४३ ग्राम हुन्छ ।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन तोलामा ३२४० रुपैयाँ रहेको चाँदी आज ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदीको मूल्य ३३२५ रुपैयाँसम्म पुगेको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली