वीरगञ्ज नाकाबाट दलहन आयात २२ प्रतिशतले घट्यो
जलसरोकार
वीरगञ्ज, : चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै हुने दलहन आयातमा उल्लेखनीय गिरावट आएको छ। मूल्यका आधारमा दलहन आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले घटेको हो।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा रु सात अर्ब ९७ करोड बराबरको विभिन्न सात प्रकारका दलहन आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने रु १० अर्ब २१ करोड मूल्यको दलहन आयात भएको थियो।
कार्यालयका अनुसार सबैभन्दा बढी आयात हुने मुसुरो दालको आयातमा पनि कमी आएको छ। चालु आवको १० महिनामा रु तीन अर्ब २० करोड मूल्यको मुसुरो दाल आयात भएको छ भने गत आवको सोही अवधिमा यसको आयात रु चार अर्ब ५० करोड बराबर रहेको थियो।
त्यस्तै, सिमी तथा राजमाको आयात चालु आवमा रु दुई अर्ब चार करोड रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रु दुई अर्ब ७४ करोड बराबरको सिमी तथा राजमा आयात भएको थियो।
यस अवधिमा रु एक अर्ब ९२ करोड मूल्यको चना आयात भएको छ। गत वर्षको सोही अवधिमा भने रु दुई अर्ब १७ करोड मूल्यको चना भित्रिएको थियो।
अन्य गेडागुडीतर्फ चालु आवको १० महिनामा रु ४२ करोड बराबरको आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यसको आयात रु ४५ करोड ८८ लाख रहेको थियो।
भन्सार कार्यालयका अनुसार दलहन आयातमा आएको गिरावटले उपभोग, मूल्य तथा अन्तर्राष्ट्रिय बजारको अवस्थासँग सम्बन्धित विभिन्न कारणको प्रभाव देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत्मा भ्याट लागू, तर कार्यान्वयनमै अन्योल : प्राधिकरणले राजस्व विभागसँग माग्यो दुई विषयमा स्पष्टता
-
झ्याप्प-झ्याप्प बत्तीको गुनासोपछि प्राधिकरणको उच्च नेतृत्व पूर्वी नेपालमा
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म