जगदुल्ला जलविद्युतमा सात अन्तराष्ट्रिय कम्पनीका प्रस्ताव

काठमाडौं : पटक–पटक म्याद थप गरेर ठेक्कामा चलखेल गर्न खोजेको आरोप लागिरहेका बेला जगदुल्ला जलविद्युत् आयोजना (१०६ मेगावाट) मा अन्तिम म्याद (अक्टोबर ४) मा सात ठेकेदार कम्पनीका प्रस्ताव परेको छ ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि जगदुल्ला हाइड्रेपावर कम्पनीले गत जेठ २० गते पहिलोपटक विश्वव्यापी बोलपत्र आव्हान गरेको थियो । उक्त सूचनाअनुसार साउन १७ गते टेण्डर खोलिसक्नुपर्थ्यो ।
स्रोतका अनुसार ठेक्का शर्तहरु खुकुलो पार्दै पार्दै चार, चारपटक म्याद थपिएको हो । पछिल्लोपटक (असोज १८) लाई बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेर पुनः म्याद थपिएको थियो ।
करिब १२ अर्ब रुपैयाँको उक्त संरचना इपीसी मोडेलमा निर्माणका लागि सात अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीका प्रस्ताव परेको स्रोतले बतायो । यसमा झोङडिङ इन्टरनेशनल कन्स्ट्रक्सन ग्रुप लिमिटेड–शर्मा (संयुक्त उपक्रम), सोमा–अबीर–आरएससी संयुक्त उपक्रम, एजीई–हाइ हिमालय संयुक्त उपक्रम, सिनोहाइड्रो, जेसीई–अनक संयुक्त, रेल विकास निगम–पीइल–लामा संयुक्त उपक्रम र ओम मेटल्स–फेवा कन्स्ट्रक्सन संयुक्त उपक्रम छन् ।
कम्पनीले वित्तिय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । कम्पनीले गत जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन गरेको थिये ।
आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने सहमति छ । नबिल बैंकले रु चार अर्ब ४० करोड रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडिसीएल० ले ४ अर्ब, कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सन्राइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने सहमति छ ।
निर्माण अवधि पाँच वर्ष राखिएको यो आयोजना आगामी आवदेखि निर्माणमा जाने भनिएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाको पिपिए दर प्रतिस्पर्धी बनाउनुपर्छ : ऊर्जामन्त्री घिसिङ
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता