चिलिमे सुरुङ उद्धारमा प्रगति, भारी उपकरण पुर्याउन सुरुङसम्म अब ३५ मिटर बाँकी
जलसरोकार
काठमाडौं : चिलिमे जलविद्युत् आयोजनाको अवरुद्ध सुरुङभित्र थुनिएको अनुमान गरिएका ६ जनाको खोजी तथा उद्धारका क्रममा भारी उपकरण पुर्याउने पहुँचमार्ग निर्माणमा उल्लेख्य प्रगति भएको छ। बिहीबार साँझसम्म सुरुङसम्म भारी उपकरण पुर्याउन अब करिब ३५ मिटर मात्र बाँकी रहेको जानकारी सार्वजनिक गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सीनाले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको बिहीबार साँझ ६ बजेसम्मको अपडेटअनुसार, चिलिमे हाइड्रोपावरमा विदेशी उद्धारकर्मीसहितको संयुक्त टोलीले सुरुङभित्रको लेदो हटाउने काम निरन्तर गरिरहेको छ।
भारी उपकरण सुरुङसम्म पुर्याउन आवश्यक पहुँचमार्ग निर्माणका लागि ब्लास्टिङ गरेर बाटो बनाउने काम पनि भइरहेको छ। तिम्सीनाका अनुसार सडकको ट्र्याक खोल्ने काम सम्पन्न भइसकेको छ भने अब सुरुङसम्म पुग्न करिब ३५ मिटर दूरी मात्र बाँकी छ।
अति जटिल र जोखिमयुक्त भूगोलमा रहेको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएको अनुमान गरिएका ६ जनाको खोजी तथा उद्धारका लागि सुरुङभित्रबाट लेदो हटाउने र बाहिरबाट भारी उपकरण पुर्याउने काम एकसाथ भइरहेको छ।
यसअघि उद्धार टोलीले सुरुङसम्म पहुँचमार्ग पुर्याउन कठिन भूगोलमा सडक निर्माण र आवश्यक स्थानमा ब्लास्टिङको काम अघि बढाएको थियो। भारी उपकरण सुरुङसम्म पुगेपछि सुरुङभित्र जमेको लेदो हटाउने काम थप तीव्र हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङ उद्धारमा प्रगति, भारी उपकरण पुर्याउन सुरुङसम्म अब ३५ मिटर बाँकी
-
माथिल्लो त्रिशूली-३ ‘बी’मा थप दुई भवन पनि भेटिएनन्, अब बाँकी भवनको खोजी
-
विद्युत् बिक्रीमा माथिल्लो तामाकोशी अगाडि
-
नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो
-
सिंचाईं विभागमा हाकिमहरुको असामान्य सरुवा : मन्त्रालयभित्र उठ्यो आर्थिक चलखेलका प्रश्न
-
९१ जलविद्युत् कम्पनीको वित्तीय र्याङ्किङमा साहस पहिलो, बुटवल पावर दोस्रो