पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँ बढ्यो
जलसरोकार
काठमाडौं : नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ।
निगमले आज मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जनाएको हो। नयाँ मूल्यसूचीअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ।
परिवर्तित मूल्यअनुसार डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम भएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नुका साथै इन्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा समायोजन गर्दा पनि घाटा कायमै रहेको छ।
निगमले सार्वजनिक गरेको विवरणअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, डिजेलमा ८७ रुपैयाँ ९९ पैसा, मट्टितेलमा ३६ रुपैयाँ ७० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ २५ पैसा घाटा भइरहेको छ।
पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्दै आएको निगमले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला