राष्ट्रपति पौडेलले सुस्ताको झाेलुंगे पुल र ११ केभीको वितरण लाइन उद्घाटन गर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल र नारायणी पारि सुस्ता गाउँपालिकमा भएको विद्युतीकरण अन्तर्गतको ११ केभीको प्रसारण लाइनको उद्घाटन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलले आगामी असोज १० गते पुल र विद्युतीकरणको उद्घाटन गर्ने तय भएसँगै शहरी विकास मन्त्रालय र ऊर्जा मन्त्रालयले तयारी थालेका छन् ।
राज्यबाट उपेक्षित रहँदै आएको सुस्तामा निर्मित यी पूर्वाधारको उद्घाटन राष्ट्र प्रमुखबाट गराउनुलाई सुस्तावासी पनि राष्ट्रियताको मूल प्रवाहमा छन् भन्ने सन्देश दिन खोजिएको सरकारी कर्मचारीहरुको भनाई छ । सुस्ताको केही भागमा भारतले आफ्नो भएको दाबी गर्दै नेपालीहरुलाई आफ्नै जमिनमा जौतपोत गर्न दिएको छैन ।
पुल अभावमा सुस्तावासीको दैनिक जीवन वर्षायाममा निकै कष्टप्रद थियो ।
यो पुलले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१ जोड्छ । निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको पुलको नामकरण ‘लवकुश’ गरिएको छ ।
माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म आउजाउ गर्न अब सहज भएको छ । करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण कार्य २०७० सालमा सुरु गरेर २०७९ पूरा भएको थियो । करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुलको निर्माण लागत ६ करोड रुपैयाँ छ ।
राष्ट्रपति पौडेलले नेपाल विद्युत् प्राधिकरणले हालै सम्पन्न गरेको ११ केभी वितरण लाइन र विद्युतीकरण सोही दिन गर्ने भएका छन् । प्राधिकरणले सोहि झोलुंगे पुलबाट ११ केभीको वितरण लाइन लगेको छ ।
प्राधिकरणको लुम्बनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीकरणको उद्घाटनका लागि आवश्यक तयारी थालिएको बताए । 'राष्ट्रपतिज्यूबाट स्वीच अन गरेर बत्ती बाल्ने कार्यक्रम हामी मिलाउँदै छौं', पाण्डेले जलसरोकारसँग शुक्रबार भने ।
प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्याएको छ ।
नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि. लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्याइएको हो ।
प्राधिकरणले ११ केभी लाइन पुर्याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्री घिसिङ र जर्मन राजदूत भोल्जबीच भेट, ऊर्जा रुपान्तरण र हरित त्रिकोण परियोजनामा सहकार्यका विषयमा छलफल
-
२८ महिनादेखि सेयर निष्काशन रोकिँदा ऊर्जा क्षेत्र संकटमा, इप्पानको सरकार र धितोपत्र बोर्डलाई कडा चेतावनी
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक