राष्ट्रपति पौडेलबाट आज सुस्ता पश्चिमको बिजुली र पुल सँगै उद्घाटन गर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आज नवरपरासी (बर्दघाट सुस्ता पश्चिम) मा त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झेलुंगे पुल र नारायणी पारि सुस्ता गाउँपालिकामा भएको विद्युतीकरणको आज उद्घाटन गर्ने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेका अनुसार राष्ट्रपतिबाट आज दिउँसो २ बजे विद्युत्को स्वीच अन र ताम्रपत्र अनावरण गर्ने कार्यक्रम छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट प्रवाहित १०० किलोवाटको सौर्य विद्युत् मिनी ग्रीडलाई राष्ट्रिय विद्युत् प्रणालीमा आबद्ध गरिएको छ । यसबाट सुस्ताका ३ सय ५० घरधुरीलाई विद्युत् सेवा पुगेको प्राधिकरणले जनाएको छ ।

उद्घाटन हुने झोलुंगे पुलमा तस्वीर खिचाउँदै ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत । याे पुलले सुस्ता गाउँपालिका वडा नं ५ (वारि र पारि) लाई जोडेको छ । नारायणी नदी तर्ने यो पुल १५७१ मिटर लामाे छ भने यसको लागत २५ कराेड रुपैयाँ थियाे ।
गण्डक स्टेशनबाट सुरु भएको ११ केभी लाइन ६.५ किलोमिटर विस्तार गरी विद्युतीकरण गरिएको हो । सौर्य विद्युत् पुग्नु अघि त्यस क्षेत्रमा विद्युत् सेवा पुगेको थिएन ।
सुस्ता पारिको गाउँमा नेपाली राष्ट्रिय ग्रीडको बिजुली पहिलो पटक पुगेको हो ।
सुस्ता त्यही क्षेत्र हो जहाँ नेपाल–भारत सीमा पर्छ । गण्डक नदीले आफ्नो बहाव परिवर्तन गरेपछि यसको १४५ वर्ग किलोमिटर क्षेत्र भारतीय क्षेत्रमा रहेको दाबी भारतले गर्दै आएको छ ।
सनु १८१६ मा भएको सुगौली सन्धिले गण्डकको पश्चिम किनारा नेपालको अधीनमा पर्छ र नदीको पूर्वी भाग भारतको पर्छ ।
गण्डक नदीको बहाव परिवर्तन भएपछि गण्डकको दायाँ तट (दाहिने किनारा) मा रहेको सुस्ता बायाँ तट (देब्रे किनारा) मा पुगेपछि सुस्ता विवाद जन्मिएको हो ।
यता पुल अभावमा सुस्तावासीको दैनिक जीवन वर्षायाममा निकै कष्टप्रद थियो ।

सुस्तापारिका सुस्तावासीहरु दर्शकस्राेतका रुपमा राष्ट्रपति कार्यवाहक प्रधानमन्त्री र ऊर्जा मन्त्रीको आगमनकाे प्रतीक्षामा
यो पुलले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१ जोड्छ । निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको पुलको नामकरण ‘लवकुश’ गरिएको छ ।
माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म आउजाउ गर्न अब सहज भएको छ । करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण कार्य २०७० सालमा सुरु गरेर २०७९ पूरा भएको थियो । करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुलको निर्माण लागत ६ करोड रुपैयाँ छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
-
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
६० को दशकमा नेपालको जलविद्युत् : टुकुचा पनि 'दर्ता' हुन्थ्यो