तिहारअघि नै माथिल्लो तामाकोसी सञ्चालन गर्ने तयारी
३०० मेगावाट उत्पादन हुने
जलसरोकार
काठमाडौं : गत असोज १०–१२ गते परेको अबिरल वर्षाका कारण माथिबाट पहिरो आई क्षतिग्रस्त भएको माथिल्लो तामाकोसी (४५६ मेगावाट) तिहारअघि नै सामान्य मर्मत गरी बिजुली उत्पादन गरिने भएको छ ।
नदी प्रवाही (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी भइरहेको अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए ।
माथिल्लो तामाकोसीका क्षतिग्रस्त दुईवटा सेटलिङ बेसिन (बालुवा थिग्य्राउने पोखरी) मध्ये कम क्षति भएको संरचनाको मर्मत भइरहेको छ । त्यसको मर्मत गरी आंशिक रुपमा नदी प्रवाही प्रणालीमा बिजुली उत्पादन गर्न सकिने सम्भावना रहेको गौतमले जानकारी दिए ।
पहिरोले क्षति पुर्याउनुअघि माथिल्लो तामाकोसीमा दिनभरि पानी जम्मा गरेर साँझपख जडित क्षमता ४५६ मेगावाटमै उत्पादन हुँदै आएको थियो । यसअघि समुद्र सतहदेखि १९८७ मिटरको उचाइसम्म पानी जम्मा गर्न सकिन्थ्यो । माथिबाट ढुंगसहितको पहिरोले सेटलिङ बेसिन क्षति पुर्याएपछि पानी जम्मा गर्न नसकिने अवस्था छ ।
माथिल्लो तामाकोसीले समुद्र सतहदेखि १८८३ मिटर उचाइको तह निर्धारण गरी खोलामा जति पानी छ, त्यति नै पठाएर बिजुली उत्पादन गर्ने तयारी भइरहेको गौतमले जानकारी दिए । माथिल्लो तामाकोसीको पानीको तह न्यूनतम सतह १९८२.५ र अधिकतम १९८७ रहेको छ ।
गौतमका अनुसार यसरी नदी प्रवाहीमा चलाउँदा कात्तिकमा ३०० मेगावाट, मंसिरमा १७०, पुसमा १५०, माघमा १०० र फागुन–चैतमा ७६ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ ।
आयोजनाका अनुसार पहिरोले दायाँतर्फको डिस्यान्डर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । । त्यसैगरी बक्स कल्भर्टमा २० प्रतिशत क्षति पुगेको छ भने नियन्त्रण कक्ष रहेको भवन पूर्ण रुपमा ध्वस्त भएको छ । बायाँपट्टिको डिस्याण्डर कम क्षति भएको तर १० मिटर अग्लो ढ्ंगो झरेर बसेको छ ।
पहिरोले दोलखाको काभ्रेभीरनेर करिब एक सय ५० मिटर बाटो नै विच्छेद गरेको छ भने सिंगटीको ४६ नं. टावर भाँच्चिएको छ ।
पहिरो र बाढीले पुर्याएको क्षतिको प्रारम्भिक विवरण अनुसार एक अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको सीइओ गौतमले बताए । माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ ।
‘आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल संरचनाको प्रारम्भिक क्षति अनुमान १ अर्ब ८० करोड रुपैयाँ छ,’ गौतमले जलसरोकारसँग भने, ‘गतिलो ठेकेदार प¥यो भने आगामी वर्षको हिउँदअघि माथिल्लो तामाकोसी पूर्ण रुपमा सञ्चालन गर्ने लक्ष्य छ ।’
दशैं बिदा अवधि भर पनि निरन्तर कार्य भइरहेकाे जानकारी तामाकोसीका प्रमुख प्रबन्धक पूर्ण गाेपाल रंजितले दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मधेशका अधिकांश पुल निर्माण अलपत्र
-
मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
-
नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
कालीगण्डकी टारलाई बहुउद्देश्य आधुनिक औद्योगिक सहरका रूपमा विकास गर्ने प्रस्तावमा मन्त्री घिसिङको चासो
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता