सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

माया खोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्कासनको पूर्वस्वीकृति

जलसरोकार
बिहीबार, भदौ १८, २०८३ | १२:५१:४० बजे

 

काठमाडौँ : माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीले आयोगबाट स्वीकृति पाएपछि थप प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा जानकारी गराएको हो।

कम्पनीको नवौँ वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार कम्पनीले विद्युत नियमन आयोगसँग हकप्रद निष्कासनको पूर्वस्वीकृति माग गरेको थियो।

आयोगले भदौ १७ गतेको पत्रमार्फत कम्पनीको हाल कायम १ अर्ब रुपैयाँ चुक्ता पूँजीको १ः१ अनुपातमा थप १ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको कम्पनीले जनाएको छ।

स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगको पूर्वस्वीकृति प्राप्त भइसकेकाले अब कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति लिने प्रक्रिया अघि बढाउनेछ।

माया खोला हाइड्रोपावरले १४.९ मेगावाट क्षमताको माया खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति : बिहीबार, भदौ १८, २०८३ | १२:५१:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

धेरै पढिएको