काठमाडौं– संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रोबीच ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा बुधबार हस्ताक्षर भएको हो ।
पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँस हाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् ।
सुख्खा याम (मंसिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षायाम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो ।
आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिए ।
विद्युत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो ।
यस आयोजनाको बाँध संरचना संखुवासभाको सिलिचिङ गाउँपालिकमा रहेको छ भने विद्युत गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ । आयोजनाको विद्युत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।
२०७७ सालमा विद्युतको ग्रिड कनेक्सन सम्बन्धि सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ ।
लगातार छैटौं दिन घट्यो सेयर बजार
लोडसेडिङ गर्न कांग्रेसले दुईजना जनजातिका छोरालाई प्रताडित गर्यो : डा.सिंह
विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे प्रतिनिधि सभामा कुरो उठ्यो
सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा