यसअघि महेन्द्रनगर वितरण केन्द्रको चुहावट १८.७८ प्रतिशतबाट १०.४ प्रतिशतमा ल्याएको श्रीवास्तवले बताए । उनका अनुसार २०७४७५ देखिका छूट बिलहरुको गणना गरिएको र २३ लाख १६ हजार ८ सय १२ युनिट हिसाबमा आएकाले चुहावट घट्न गएको हो ।
३३ केभीको लाइन ओभरलोड एउटै सर्किट र अधिकांश ठाउँका तारहरुमा रुखका हाँगाले छुने गरेकाले पनि प्राविधिक चुहावट उच्च हुने गरेको श्रीवास्ताव बताउँछन् ।
विकट बाजुरमा पनि वितरण चुहावट उच्च देखिएको छ । आव २०८०८१ मा बाजुराको चुहावट १४.६९ प्रतिशत छ ।
यता सुदूर पश्चिम प्रादेशिक कार्यालय अन्तर्गत रहेको विकट पहाडी जिल्ला बैतडीमा भनेयसपालि चुहावट २.४२ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ७.३२ प्रतिशत चुहावट रहेको बैतडीमा आव २०८०८१ मा उल्लेखनीय रुपमा घट्नुमा विगतमा मिटर रिडिङ नभएकोमा त्यसलाई लगतको दायरामा ल्याउनु प्रमुख कारण रहेको बैतडी वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले बताए ।
‘लगत कायम नभएका मिटरहरु पनि भेटियो, तिनलाई पनि लगत कायम गरियो,’ पौडेलले भने, ‘विगतको छुट बिल, लगत कायम नभएका कारणले यो वर्ष चुहावट धेरै कम देखिएको हो ।’
यता ३३.५१ प्रतिशत विद्युतीकरण भएको बाजुरमा २८ हजार एक सय ९० घरधुरी छन् । बजुरामा ३३ केभीको लाइन ६० र ११ केभीको एक सय ४५ किलोमिटर छन् ।
कुल ८६.५८ प्रतिशत विद्युतीकरण भएको सुदूर पश्चिममा ५ लाख ८४ हजार एक सय ५१ घरधुरी छन् ।
सम्झौताको नौ वर्षपछि दोदा नदीमा पुल निर्माण
यातायात कार्यालयद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
चालू वर्षको नौ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ५३ करोड
नौ महिनामा एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा