बजेटका सकारात्मक व्यवस्था स्वागतयोग्य छ : निर्यात व्यवसायी
जलसरोकार
काठमाडौं : निर्यात व्यवसायी महासंघ नेपालले संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा समावेश सकारात्मक प्रावधानहरूको स्वागत गरेको छ।
महासंघले बजेटले निर्यात प्रवर्द्धन, औद्योगिक विकास तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने केही महत्वपूर्ण व्यवस्था समेटेको भन्दै त्यसको प्रशंसा गरेको हो।
तर विगत लामो समयदेखि निर्यात व्यवसायी तथा उद्योगीहरूले उठाउँदै आएका केही महत्वपूर्ण मागहरू आर्थिक विधेयक र बजेटमार्फत सम्बोधन नभएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ।
महासंघका अनुसार औद्योगिक विकास र निर्यात प्रवर्द्धनका लागि आवश्यक ठानिएका विषयहरू बजेटमा नसमेटिँदा स्वदेशी उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन सक्ने देखिएको छ।
यसै सन्दर्भमा महासंघले नेपाल सरकार, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायलाई बजेटमाथि संसदमा हुने दफावार छलफलका क्रममा छुटेका विषय समावेश गर्न आग्रह गरेको छ।
महासंघले आर्थिक विधेयक २०८३ मा आवश्यक संशोधन गरी उद्योग तथा निर्यात क्षेत्रका जायज मागहरू सम्बोधन गर्न सरकारसमक्ष जोडदार माग गरेको जनाएको छ।
महासंघका अनुसार उत्पादन, निर्यात र औद्योगिक लगानीलाई प्रोत्साहन गर्ने नीतिगत सुधारले मात्रै मुलुकको औद्योगिक प्रतिस्पर्धात्मकता बढाउन र निर्यात विस्तार गर्न सहयोग पुग्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै