कुलमानबारे प्रधानमन्त्रीको जवाफ : राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान संसद होइन
जलसरोकार
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए ।
विपक्षीले कुलमान घिसिङलाई हटाएकोबारे जवाफ मागेपछि आज सदनमा बोलेका प्रधानमन्त्रीले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था यसै सदनले गरेको छ । कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने हटाउन सक्छ। यो अहिलेको सरकारले मात्रै गरेको होइन।’
उनले अदालतमा भएको विषयमा थप बहस गर्न आवश्यक नभएको बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव