कुलमानलाई बर्खास्तबारे प्रधानमन्त्रीको जवाफ माग
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग गरिएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर संसद अवरोध गरेका थिए ।
विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए ।
बस्नेतले प्रधानमन्त्रीको जवाफ माग गरे । ‘हामी चाहन्छौं– सरकारले यो निर्णय (कुलमान घिसिङलाई हटाउने निर्णय) फिर्ता गरोस् । साथै, यसबारेमा प्रधनमन्त्रीले संसदमा आएर तत्काल गराउनुपर्छ’, बस्नेतले भने ।
प्रधानमन्त्रीले जानकारी नगराएसम्म संसद सूरु हुन नदिने उनको आग्रह छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव