पाँच महिनामा साढे सात अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको जानकारी दिए । आयात बढेसँगै यस शीर्षकबाट सङ्कलन हुने राजस्वसमेत २.५० प्रतिशतले बढेको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । यस अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्य बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात गरिएको छ ।
यस्तै, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्य बराबरको २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । एलपी ग्यासतर्फ रु एक अर्ब एक करोड ६० लाख मूल्य बराबरको १० हजार ४८० मेट्रिक टन ग्यास भित्रिएको छ ।
त्यसैगरी, रु ३२ करोड ८२ लाख मूल्य बराबरको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाख मूल्य बराबरको ६८० किलोलिटर मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात र राजस्व दुवैमा वृद्धि हुनु व्यापारिक गतिविधि क्रमशः बढ्दै गएको संकेत भएको कार्यालयको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता