पाँच महिनामा साढे सात अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात गरिएको हो ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले वृद्धि भएको जानकारी दिए । आयात बढेसँगै यस शीर्षकबाट सङ्कलन हुने राजस्वसमेत २.५० प्रतिशतले बढेको उनले बताए ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । यस अवधिमा रु तीन अर्ब ८२ करोड ७० लाख मूल्य बराबरको ४३ हजार १६० किलोलिटर पेट्रोल आयात गरिएको छ ।
यस्तै, रु दुई अर्ब ५३ करोड १६ लाख मूल्य बराबरको २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ । एलपी ग्यासतर्फ रु एक अर्ब एक करोड ६० लाख मूल्य बराबरको १० हजार ४८० मेट्रिक टन ग्यास भित्रिएको छ ।
त्यसैगरी, रु ३२ करोड ८२ लाख मूल्य बराबरको तीन हजार ५८० किलोलिटर एटीएफ र रु छ करोड ३१ लाख मूल्य बराबरको ६८० किलोलिटर मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात र राजस्व दुवैमा वृद्धि हुनु व्यापारिक गतिविधि क्रमशः बढ्दै गएको संकेत भएको कार्यालयको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका साना तथा लघु उद्यमलाई वित्तीय पहुँच बढाउने समझदारी
-
१०० दिनमा १०१ काम : ऊर्जा, सडक र शहरमा कुलमान घिसिङको आक्रामक हस्तक्षेप
-
जेन-जी आन्दोलनको सुशासन एजेन्डा कार्यान्वयनमा, सय दिनमै १०१ प्रमुख काम सम्पन्न : मन्त्री कुलमान घिसिङ
-
वीरगञ्ज नाकाबाट पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम आयात, राजस्वमा ६.४२ प्रतिशत वृद्धि
-
आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?
-
चिलिमे हाइड्रोपावरले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने