पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
जलसरोकार
वीरगञ्ज : चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै रु ९० अर्ब ६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब ७५ करोडले बढी हो ।
पेट्रोलियम पदार्थ आयातबाट चालु आवको छ महिनामा रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा रु ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातसँगै त्यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।
भन्सार तथ्याङ्कअनुसार चालु आवको छ महिनामा रु ४५ अर्ब ३८ करोड मूल्य बराबरको डिजेल आयात हुँदा रु १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै, रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयातबाट रु १३ अर्ब ८२ करोड राजस्व उठेको छ ।
यसैगरी सोही अवधिमा रु १४ अर्ब ७९ करोड मूल्यको एलपी ग्यास आयात हुँदा रु दुई अर्ब ७७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता