सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

जलसरोकार
मंगलबार, माघ १३, २०८२ | ०९:४३:३३ बजे

 

वीरगञ्ज : चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज नाका हुँदै रु ९० अर्ब ६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब ७५ करोडले बढी हो ।

पेट्रोलियम पदार्थ आयातबाट चालु आवको छ महिनामा रु ३७ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने रु ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा रु ३६ अर्ब १४ करोड राजस्व सङ्कलन भएको थियो ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातसँगै त्यसबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

भन्सार तथ्याङ्कअनुसार चालु आवको छ महिनामा रु ४५ अर्ब ३८ करोड मूल्य बराबरको डिजेल आयात हुँदा रु १९ अर्ब ८५ करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै, रु २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयातबाट रु १३ अर्ब ८२ करोड राजस्व उठेको छ ।

यसैगरी सोही अवधिमा रु १४ अर्ब ७९ करोड मूल्यको एलपी ग्यास आयात हुँदा रु दुई अर्ब ७७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ १३, २०८२ | ०९:४३:३३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया