पेट्रोलियम पदार्थको मूल्य घट्याे
जलसरोकार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । समायोजनपछि पेट्रोल प्रतिलिटर रु १५६ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु १३६ कायम भएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
मूल्य घटेसँगै उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता