पेट्रोलियम पदार्थको मूल्य घट्याे
जलसरोकार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । समायोजनपछि पेट्रोल प्रतिलिटर रु १५६ तथा डिजेल र मट्टितेल प्रतिलिटर रु १३६ कायम भएको निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो।
मूल्य घटेसँगै उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश
-
सुख्खायाममा २०० मेगावाट आयात, वर्षायाममा ५०० मेगावाट निर्यात गर्ने प्राधिकरणको निर्णय
-
सुन–चाँदीको मूल्यमा पाँच दिनदेखि निरन्तर वृद्धि, आज पनि बढ्यो सुन
-
पेट्रोलियम पदार्थको मूल्य घट्याे
-
मध्यपहाडी लोकमार्ग : मोदीखोलामा आर्क ब्रिज निर्माण सुरु
-
यस्तो रहने छ आजको मौसम