वीरगञ्ज नाकाबाट पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम आयात, राजस्वमा ६.४२ प्रतिशत वृद्धि
जलसरोकार
काठमाडौं : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ७२ अर्ब २८ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल गरी पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट मात्रै सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन भएको छ ।
भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व सङ्कलनमा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा ६.४२ प्रतिशत अर्थात् रु एक अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो ।
गत आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज नाकाबाट रु ६९ अर्ब १५ करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए । चालु आवको पाँच महिनामा भने सबैभन्दा बढी डिजेल आयात भएको छ । यस अवधिमा रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेल भित्रिएको छ ।
त्यसैगरी, रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल, रु १२ अर्ब १७ करोडको एलपी ग्यास, रु सात अर्ब २५ करोडको एटिएफ तथा रु १९ करोड मूल्यको मट्टितेल आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
आयात र राजस्व दुवैमा वृद्धि हुनु मुलुकको आर्थिक गतिविधि क्रमशः चलायमान बन्दै गएको संकेत भएको भन्सार अधिकारीहरूको भनाइ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता