भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
जलसरोकार
काठमाडाै : भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ मा ३७ मतदानस्थलमा ११९ मतदान केन्द्र कायम गरिएको छ । उक्त क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी रहेका छन् । यहाँ ५२ हजार ६६ पुरुष र ५४ हजार ९८८ महिला मतदाता रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर २ मा ३९ मतदानस्थलमा ११४ मतदान केन्द्र कायम गरिएको छ । यस क्षेत्रमा ४८ हजार ७४ पुरुष र ५० हजार २७७ महिला मतदाता रहेका छन्, जहाँ पनि महिला मतदाताको संख्या पुरुषभन्दा बढी छ ।
निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दलबाट १६ र स्वतन्त्रबाट नौ गरी कूल २५ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये तीन जना महिला उम्मेदवार रहेका छन् ।
क्षेत्र नम्बर २ मा भने विभिन्न राजनीतिक दलबाट १७ र स्वतन्त्र १५ गरी कूल ३२ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना