आज कोशी र बागमतीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
जलसरोकार
काठमाडौं : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखा शनिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
'हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ,' बुलेटिनमा छ ।
आज राति भने देशभर आंशिक देखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ।
बुलेटिनअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक, दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सतर्क गराएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए कतारले १० नेपाली श्रमिकका परिवारलाई कतार घुमाउँदै, परिवारसँग गराउँदै पुनर्मिलन
-
हेटौँडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम समयमै सक्न मन्त्री श्रेष्ठको निर्देशन
-
सुन र चाँदी दुवैको मूल्य घट्दा आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
बाढीपहिरोले म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति, २१६ मेगावाटको उत्पादन ठप्प
-
आज यी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा हुने
-
आज देशभर मौसमजन्य चेतावनी छैन, केही क्षेत्रमा वर्षा र हिमपातको संकेत