पाँचथर पावर नाफामा, छ महिनामा २४ करोडको विद्युत बिक्री
जलसरोकार
काठमाडौं: पाँचथर पावर कम्पनी लिमिटेड (PPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब २४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । कम्पनीले पुस मसान्तसम्म विद्युत बिक्रीबाट २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको हो ।
गत आर्थिक वर्षमा बाढीका कारण आयोजना क्षतिग्रस्त हुँदा विद्युत बिक्री हुन नसकेको कम्पनीले मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको थियो। आम्दानी बढेसँगै कम्पनी नाफामा फर्किएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु वर्षको सोही अवधिसम्म ९ करोड ४ लाख रुपैयाँ नाफामा पुगेको छ ।
पहिलो छ महिनामा कम्पनीको कुल नाफा २२ करोड ७६ लाख रुपैयाँ र वित्तीय खर्च ८ करोड ३ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २० पैसा तथा मूल्य–आम्दानी अनुपात १८.४८ गुणा रहेको छ ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ७६ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्रतितोला २० हजार ५०० रुपैयाँले घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, कर्णालीमा गुणस्तरीय विद्युत् आपूर्तिको नयाँ युग : घिसिङ
-
एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन दायाँ–बायाँ संरचना र रुख रोप्न रोक
-
सुपर मादी हाइड्रोपावरको नाफा ६९ प्रतिशतले बढ्यो
-
पाँचथर पावर नाफामा, छ महिनामा २४ करोडको विद्युत बिक्री
-
भारी हिमपातले कोरलानाका ठप्प, नेपाल–चीन व्यापार प्रभावित