पाँचथर पावर नाफामा, छ महिनामा २४ करोडको विद्युत बिक्री
जलसरोकार
काठमाडौं: पाँचथर पावर कम्पनी लिमिटेड (PPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा करिब २४ करोड रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ । कम्पनीले पुस मसान्तसम्म विद्युत बिक्रीबाट २३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको हो ।
गत आर्थिक वर्षमा बाढीका कारण आयोजना क्षतिग्रस्त हुँदा विद्युत बिक्री हुन नसकेको कम्पनीले मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेखि पुनः विद्युत उत्पादन सुरु गरेको थियो। आम्दानी बढेसँगै कम्पनी नाफामा फर्किएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनी चालु वर्षको सोही अवधिसम्म ९ करोड ४ लाख रुपैयाँ नाफामा पुगेको छ ।
पहिलो छ महिनामा कम्पनीको कुल नाफा २२ करोड ७६ लाख रुपैयाँ र वित्तीय खर्च ८ करोड ३ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ २० पैसा तथा मूल्य–आम्दानी अनुपात १८.४८ गुणा रहेको छ ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ७६ लाख ६४ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता