नबिल बैंक सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ मेलम्चीको पानी बितरण नदी कटान रोकथाम आयोजना कुलमान घिसिङ एनएमबी बैंक
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

काठमाडौंमा पाकिस्तानको ७९औं स्वतन्त्रता दिवस धूमधामपूर्वक मनाइयो

जलसरोकार
बिहीबार, साउन २९, २०८२ | १६:१०:३१ बजे

काठमाडौं :  नेपालस्थित पाकिस्तान दूतावासले ७९औं स्वतन्त्रता दिवसको अवसरमा बिहीबार विशेष कार्यक्रमको आयोजना गर्‍यो। दूतावास परिसर (च्यान्सरी) मा सम्पन्न कार्यक्रममा पाकिस्तानका राजदूत एच.ई. अब्रार एच. हाश्मीले राष्ट्रिय झण्डा फहराउनुभयो। कार्यक्रममा पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका अधिकारीहरू परिवारसहित उपस्थित थिए।

यस वर्षको स्वतन्त्रता दिवस पाकिस्तानले ‘मार्का-ए-हक’ मा प्राप्त विजयको उत्साहसहित मनाएको हो।

राष्ट्रपति एच.ई. आसिफ अली जरदारीले पठाउनुभएको सन्देशमा स्वतन्त्रता दिवसलाई पाकिस्तानको स्थापना सम्भव बनाउने साहस, एकता र बलिदानको स्मरणको दिनका रूपमा व्याख्या गरेका छन् । उनले संस्थापक नेता कायदे-आजम मुहम्मद अली जिन्ना तथा पाकिस्तान आन्दोलनका नेता–कार्यकर्ताप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्री एच.ई. मुहम्मद शाहबाज शरीफले विगत ७८ वर्षको इतिहासमा पाकिस्तानी जनताले देखाएको दृढता, विश्वास र उज्ज्वल भविष्यप्रतिको आशालाई स्मरण गर्दै विभिन्न चुनौतीहरूको सामना गर्दै मुलुकले अर्थतन्त्र, खेलकुद, रक्षा र सूचना प्रविधिसहितका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए । 

दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपप्रधान तथा विदेशमन्त्री एच.ई. मोहम्मद इस्हाक दारले ‘मार्का-ए-हक’ को विजय पाकिस्तानको सैन्य तथा कूटनीतिक दुवै क्षेत्रमा सफलता भएको दाबी गरे । 

भारतका “अवैध कार्यहरू” विरुद्धको दृढ र सैद्धान्तिक प्रतिक्रियाले पाकिस्तानलाई नैतिक तथा राजनीतिक विजय दिलाएको बताउँदै उनले कश्मीर मुद्दाप्रतिको पाकिस्तानको समर्थन न्याय प्राप्त नहुन्जेल अडिग रहने प्रतिबद्धता दोहोर्याएको विज्ञप्तिमा छ ।

कार्यक्रममा सम्बोधन गर्दै राजदूत हाश्मीले सन् १९४७ को ऐतिहासिक सङ्घर्ष र राष्ट्रका पूर्वजहरूको बलिदानलाई सम्मान गर्दै हालैको ‘मार्का-ए-हक’ मा भारतीय आक्रमणलाई विफल पार्नेमा पाकिस्तानको नेतृत्व र सशस्त्र सेनाको भूमिकाको प्रशंसा गरे । उनले मुलुकको शान्ति, प्रगति र एकताप्रतिको अटुट प्रतिबद्धता दोहोर्याउँदै स्वतन्त्रता जोगाउन प्राण आहुति दिने सहिदहरूको स्मृतिमा प्रार्थना गरे ।

 

प्रकाशित मिति : बिहीबार, साउन २९, २०८२ | १६:१०:३१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया