पाकिस्तानद्वारा यस वर्ष एक सय ९५ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
जलसरोकार
काठमाडौं : पाकिस्तान सरकारले यस वर्ष नेपालका एक सय दुई विद्यालयका एक सय ९५ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आज पाकिस्तान दूतावास, काठमाडौंले र्याडिसन होटल, काठमाडौंमा १३औं 'पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह' आयोजना गर्दै अध्ययनमा निरन्तर उत्कृष्ट प्रदर्शन गरेको एक मेधावी विद्यार्थीलाई ल्यापटप पनि प्रदान गरिएको पाकिस्तानी दूतावासले आज विज्ञप्ति जारी गरी जनाएको छ ।

पाकिस्तानका राजदूत छात्रवृत्ति कार्यक्रम सन् २०१३ देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ, जुन वर्षौंदेखि क्रमशः विस्तार हुँदै गएको छ र नेपाली युवाहरूबीच लोकप्रिय बन्दै गएको विज्ञप्तिमा छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल परिवार पार्टीका अध्यक्ष तथा संघीय सांसद एकनाथ ढकाल थिए ।
उनले नेपालभरिका विभिन्न विद्यालयका प्रधानाध्यापकद्वारा सिफारिस गरिएका योग्य तथा मेधावी नेपाली विद्यार्थीहरूलाई 'पाकिस्तानका राजदूत छात्रवृत्ति' प्रदान गरे ।
कार्यक्रममा ढकालले पाकिस्तानले विशेष गरी शिक्षाको क्षेत्रमा गर्दै आएको निरन्तर प्राविधिक सहयोगको प्रशंसा गरे । उनले यसलाई नेपाल र पाकिस्तानबीचको घनिष्ठ मैत्री सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरे ।
उनले पाकिस्तानको उक्त सहयोगले दुबै देशका युवापुस्तालाई साझा दृष्टिकोणको सम्झना गराउने दिशामा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले अन्य क्षेत्रहरूमा पनि दुई देशबीच द्विपक्षीय सम्बन्धलाई अझ मजबुत पार्नुपर्ने आवश्यकता औंल्याए ।

राजदूत अबरार एच. हाश्मीले आफ्नो मन्तव्यमा पाकिस्तानले नेपालमा उच्च माध्यमिक तहका विद्यार्थीहरू समेतलाई समेट्दै शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने र शिक्षाका सबै तहहरूमा सहयोग विस्तार गर्ने प्रयास जारी राख्ने बताए ।
उनले आजको कार्यक्रम विद्यार्थीहरूको सफलताको उत्सव मात्र नभई साझा उत्तरदायित्वको प्रतिबिम्ब पनि भएको उल्लेख गरे । राजदूत हाश्मीले अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिका क्षेत्रमा नेपाली युवाहरूलाई प्रोत्साहित गर्नु दुई देशबीचको सहयोगको महत्वपूर्ण अङ्ग रहेको कुरामा जोड दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्थानीयलाई जलविद्युत् सेयर अंकित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
-
माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि सुझाव माग
-
पञ्चेश्वर : कसको हितको आयोजना?
-
साहस ऊर्जाको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा १ अर्ब ३५ करोड रुपैयाँ खुद आम्दानी
-
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
नीतिगत तथा प्रक्रियागत अवरोध ऊर्जा क्षेत्रको मुख्य चुनौती : मन्त्री श्रेष्ठ