जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

जलविद्युत्‌का बारेमा आफ्नै समीक्षा

कृष्णप्रसाद भण्डारी
आइतबार, असोज १३, २०८१ | १४:२३:०७ बजे

दुई, तीन वर्षदेखि जलविद्यतुत् ऊर्जाका बारेमा मैले भोगेका अनेक कष्टकर वास्तविक कथा वस्तु किताबमार्फत पस्किन पाए हुन्थ्यो जस्तो लागेको थियो । लौ न त आँट गरौं, जे पर्ला पर्ला भनेर लेखन सुरु गरें । पुराना टिपोट र प्रकाशित भएका पुराना लेख–रचनालाई पनि समेट्ने आत्मनिर्णय गरें । त्यति बेलाको पुराना सन्दर्भ र अहिलेको परिस्थितिमा फरक आएता पनि २०५४ सालदेखिका मेरो प्रयास र अनगिन्ती भोगाइ समेट्ने गरी किताबमा उतार्न ज्यादै कठिन हुँदो रहेछ । लौ जे पर्ला भनेर किताब लेख्दैछु, प्रतीक्षा गर्नुहोस् भनेर आफैले घोषणा गरियो । धेरैतिरबाट शुभकामनासमेत आए । त्यसैले गर्दा पनि मलाई लेख्नै पर्ने बाध्यता र दबाब महसुस हुन थाल्यो । 
यसै विषयलाई लिएर प्रकाशकसँग छलफल गर्नुपर्ने भयो । यो मेरा लागि किताब लेख्ने पहिलो प्रयास थियो । प्रकाशकले पनि मलाई थप हौसला दिनुभयो । तपाईंको किताब महत्वपूर्ण हुन सक्छ लेख्नु भन्ने सल्लाह पनि आयो । जलविद्युत् ऊर्जाका बारेमा केही किताबहरु प्रकाशन नभएका होयनन् । निजी क्षेत्रको लागि कर्जााको अनुभव पुस्तकमार्फत पस्किन पाएर विभिन्न क्षेत्रका सरोकारवालाहरुलाई पनि एउटा सन्देशमूलक उपलब्धी हुन सकोस् भन्ने मलाई नलागेको पनि होइन । मैले प्रकाशसँग समझदारी गरें पनि । पु्स्तक लेख्ने क्रममा मेरा तीता अनुभवहरु समेट्ने क्रममा पृष्ठ संख्या धेरै हुने देखियो र मेरा केही सम्पादक साथीहरुबाट खण्डखण्डको विश्लेषण गरेर एउटै किताबमा उतार्न सल्लाह दिए । सोहीअनुसार किताबको रुपमा आकार आउन थाल्यो र किताबको नाम जुराउँदा ‘जलविद्युत्मा तीन दशक’ प्रस्तावित नामकरण गरी पुनः चाँडै किताब आउने घोषणा गरियो ।
जलविद्युत् ऊर्जामा आएका फेरबदल र क्रमिक प्रयासका बाबजुदका घटनाक्रमलाई जोड्न पर्ने भएको कारणले गर्दा अझै केही महिना लाग्ने देखियो । अर्काे पक्षलाई ध्यान दिनुपर्ने विषय थियो कति परिमाणमा किताब प्रकाशन गर्ने र कति मूल्य राख्ने, किताब प्रकाशकलाई लाग्ने बजेट महत्वपूर्ण पाटो भएकोले अलि ढीला हुँदै गएको पनि हो । तैपनि किताबलाई थप परिष्कृत गर्दै जाने कारणले गर्दा थप सम्पादन हुँदै गएको छ । 
यसै क्रममा जोड्न पर्दा हालै लोकार्पण भएको चर्चित लेखक हरि अधिकारीद्वारा लिखित ‘संवादमा समय विम्ब’ पुस्तकमा २० जना व्यक्तित्वहरुको संवादमध्ये मेरो पनि लेखकले ऊर्जाका बारेमा २५ प्रश्नको जवाफ र धारणा प्रस्तुत भएका छन् । 
यसैबीच, मेरी श्रीमतीले पनि मसँगै किताब लेख्न थालेकी थिइन् । उनको आख्यान भएकाले छिट्टै प्रकाशन भयो, लेखनीका हिसाबले पनि । हालै लोकार्पण भएको राधादेवी भण्डारीबाट लिखित दोस्रो उपन्यास ‘धमिलो प्रकाश’  (‘खुला कैदी’ पहिलो कृति) उपन्यास हुन् । मेरो गैरआख्यान कृति भएकाले यसमा अनुसन्धान गर्नुपर्दाे रहेछ । 
 

 

प्रकाशित मिति : आइतबार, असोज १३, २०८१ | १४:२३:०७ बजे

लेखकको बारेमा

प्रतिक्रिया

सम्बन्धित खबर