रामेछापका ७० भन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
जलसरोकार
काठमाडौं: रामेछापबाट विभिन्न राजनीतिक दल परित्याग गरी ७० भन्दा बढी नेता तथा कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दल त्यागी उनीहरू उज्यालो नेपालमा आबद्ध भएका हुन्।
पार्टी प्रवेश गर्नेहरूमध्ये माओवादी जनवर्गीय संगठन मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष एवं नेपाल मगर संघका महासचिव होमराज खपाङी, माओवादी रामेछाप–काठमाडौं सम्पर्क समन्वय सदस्य भरत घिमिरे, माओवादीबाट निर्वाचित वडा सदस्य लालबहादुर मगर तथा सुनापती–काठमाडौं सम्पर्क समन्वय प्रमुख बबरमान लामा लगायत रहेका छन्।
उनीहरूले देशलाई परिणाम दिने, काम गर्ने र विकासलाई गति दिने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै कुलमान घिसिङज्यू जस्ता ‘डेलिभरी दिन सक्ने’ नेता वर्तमान समयमा अपरिहार्य रहेको बताएका छन्। कुलमान घिसिङको नेतृत्वमा मात्रै देश विकास सम्भव हुने विश्वास व्यक्त गर्दै उनीहरूले उज्यालो नेपाल पार्टी रोजेको बताएका छन्।
उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले देशमा अब गफभन्दा काम गर्ने संस्कार आवश्यक रहेको बताए। “गफ गर्ने होइन, काम गरेर देखाउने मान्छेलाई प्राथमिकता दिने पार्टी उज्यालो नेपाल हो,” उनले भने। उनले देश विकासका लागि इमान्दार, परिणाममुखी र कर्मशील नेतृत्व आवश्यक रहेको पनि जोड दिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना