पूर्वऊर्जामन्त्री खड्कालाई थुनामै राख्न आदेश
जलसरोकार
काठमाडौं: पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले हालकै अवस्थामै राख्न आदेश दिएको हो ।
अदालतले “निवेदकलाई हालजे जुन अवस्थामा छ, यथास्थितिमा राख्नु” भन्दै विपक्षीका नाममा आदेश जारी गरेको छ । साथै मुद्दाको अर्को पेसी वैशाख ३ गतेका लागि तोकिएको छ ।
रिटमाथि आज वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए। सरकारका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले प्रतिवाद गरेका थिए ।
पूर्वऊर्जामन्त्री खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो । उनलाई जेनजी आन्दोलनको क्रममा घरमा बरामद भएको रकमबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको थियो ।
खड्काको घरमा आगजनीपछि जलेको अवस्थामा भेटिएको नेपाली तथा विदेशी मुद्राबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानीसमेत संकलन गरेको थियो ।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड तथा आगजनी गरेका थिए । त्यसक्रममा जलेका तथा केही सग्ला नोटहरू सार्वजनिक भएका भिडियो र तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बा : त्रिशूली–३ ए जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार