कुलमानलाई हटाउने सरकारको निर्णयप्रति प्रतिपक्षी दलहरुले संसदमा विरोध गर्ने
जलसरोकार
काठमाडौं ः प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने निर्णय गरेका छन् ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसदमा विरोध गर्ने निर्णय गरेको हो ।
बैठकपछि रास्वपाका नेता सन्तोष परियारले सरकारले विधि प्रक्रिया मिचेर संख्याको दम्भको आधारमा कुलमानलाई पदबाट हटाएको भन्दै सदनमा सशक्त विरोध गर्ने बताए ।
सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो । कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।
आज बसेको विपक्षी दलहरुको बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गरेको छ ।
बैठकपछि रास्वपा नेता परियारले भने– ‘देशको सेवा गरिरहेको काबिल कर्मचारीलाई, जुन शक्ति प्रयोग गरेर सेवाबाट हटाउने सरकारले निर्णय ग¥यो, त्यसको विरुद्धमा सडकमा पनि आवाज उठेको छ, आज हामी सदनमा पनि त्यस निर्णयका विरुद्ध, सरकारका विरुद्ध, सरकारले पछिल्लो समयमा गरेका सबै विकृति र विसंगति काफी छन्, त्यसका विरुद्ध आवाज उठाउने कुरा भयो ।’
आज प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १ बजे बस्दै छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना