लक्ष्यको ४५ प्रतिशत मात्र राजस्व असुली, नेपालगन्ज भन्सारलाई बाँकी पाँच महिनामा ५५ प्रतिशत उठाउनुपर्ने चुनौती
जलसरोकार
बाँके : नेपालगन्ज भन्सार कार्यालय ले चालु आर्थिक वर्ष २०८२/८३ का सात महिनामा वार्षिक लक्ष्यको ४५.०१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा माघ मसान्तसम्म रु ११ अर्ब ४ करोड ६५ लाख ८५ हजार असुली भएको कार्यालय प्रमुख जनार्दन पौडेलले जानकारी दिनुभयो। लक्ष्य पूरा गर्न अब बाँकी पाँच महिनामा ५५ प्रतिशत राजस्व उठाउनुपर्ने चुनौती रहेको उनले बताए ।
चालु आवको साउनदेखि माघसम्म कुनै पनि महिनामा शतप्रतिशत लक्ष्य हासिल हुन सकेको छैन । साउनमा ७४.१४ प्रतिशत, भदौमा ६९.७७ प्रतिशत, असोजमा ८७ प्रतिशत, कात्तिकमा ७२ प्रतिशत, मङ्सिरमा ८३ प्रतिशत, पुसमा ८३ प्रतिशत र माघमा ८८ प्रतिशत राजस्व सङ्कलन भएको छ ।
गत आव २०८१/८२ मा लक्ष्यको ७४.६४ प्रतिशत र आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
नेपाल–भारत सीमाको जमुनाहा नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई राजस्व बढ्ने अपेक्षा गरिए पनि पछिल्ला वर्षमा लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेलले बताए ।
यद्यपि चालु आवको सात महिनामा गत आवको सोही अवधिको तुलनामा रु ९ करोड २४ लाखभन्दा बढी राजस्व वृद्धि भएको छ । गत आवको सात महिनामा रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो ।
कार्यालयका अनुसार चालु आवको साउनमा रु १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा रु १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार सङ्कलन भएको थियो । भदौमा रु १ अर्ब ९३ करोड ६४ हजार ५४ लक्ष्य रहेकामा रु १ अर्ब ३५ करोड १० लाख ९ हजार असुली भएको छ ।
असोजमा रु १ अर्ब ९८ करोड ३१ लाख ३० हजार लक्ष्य रहेकामा रु १ अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रु २ अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा रु १ अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु १ अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा रु १ अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा रु २ अर्ब ३ करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु १ अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा रु १ अर्ब ६९ लाख ४० हजार लक्ष्य रहेकामा रु १ अर्ब ७० करोड १ लाख ८२ हजार राजस्व सङ्कलन भएको जनाएको छ ।
अघिल्लो आव २०८१/८२ मा साउनदेखि माघसम्म क्रमशः ७३.६७, ६६.६२, ६६.९१, ७६.४४, ७६.२७, ७१.१५ र ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको तथ्याङ्कले देखाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मध्य र पूर्वी नेपालका २५ जिल्ला वर्षाको पहेँलो चेतावनीमा, मौसम विभागले सतर्क रहन आग्रह
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?