सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाईन टिभीकर्मीहरुको साझा संस्थाको रुपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरुले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाईन टिभीकर्मीहरुको बैठकले विधयेकका धेरै विषयबस्तु संशोधन हुनै पर्ने निश्कर्ष निकालेको छ ।
अनलाईन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विक्रिती र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरमा नियन्त्रणको नियत राखेको संघको ठहर छ ।
विधयेकका कतिपय व्यवस्थाले आफूहरुको पेशा मात्रै संकटमा नपारी आलोचना र खवरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने संघको दावी छ । संघले नागरिक अधिकार नै कुन्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिकहरु पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ ।
संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरुलाई हटाउन हस्ताक्षर संकलनदेखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरु गर्ने तय गरेको छ ।
संघले यसअघि हिजो नै संघको स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल विधेयककै बारेमा प्रमुख दलका सांसदहरु र सरोकारवालाहरुलाई बोलाएर वृहत छलफल कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी काँग्रेसका सांसद रामहरि खतिवडा, एमालेका सांसद योगेश भट्टराई, रास्वपाका सांसद शिशिर खनाल, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संघको सुझाव अनुसार विधयेकमा संशोधन गराउन आफुहरुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि विधयेकमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरेका पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले संशोधनका लागि सरकार तथा दलहरु तयार नभएमा आन्दोलन गर्ने चेतावनी दिए ।
उनीहरु अनलाईन टिभीकर्मीहरुलाई जिम्मेवार र व्यवस्थीत गराउन संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना समेत दिएका थिए ।
विक्रम सम्वत् २०७६ सालको आजकै दिन अर्थात् माघ २४ गते नेपालमै पहिलो पटक युट्युवरहरुको राष्ट्रिय भेला आयोजना गरी अनलाईन टिभी पत्रकार संघको स्थापना भएको हो ।
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियो : गभर्नर पौडेल
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकबाट नेपाललाई २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
श्रमदानमा ओडारे–भण्डारे सिँचाइ कुलो निर्माण
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
ठेक्का लिने, काम नगर्ने आम प्रवृत्ति, सुनकोसी मरिनमा निराशाजनक प्रगति, अब जगदुल्ला हाइड्रोको नियति पनि उही