साताको दोस्रो कारोबार दिन नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
जलसरोकार
काठमाडौं : साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागेको नेप्से यस दिन भने घटेर बन्द भएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ६.३३ अंक, फ्लोट इन्डेक्स २.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१९ अंकले घटेको छ।
बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बुधबार ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको २ करोड १६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयरमूल्य १७५ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ३४१ रुपैयाँ ९० पैसा पुगेको छ। कारोबारमा आएका अन्य स्टकको मूल्यवृद्धि भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ।
यसैगरी फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको २० करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ। त्यस्तै बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्यको दाबीमाथि उठ्ने प्रश्न : ओलीकालीन ५२ नियुक्तिको नजिर कहाँ पुग्छ?
-
साताको दोस्रो कारोबार दिन नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
कोरलाबाट २० दिनमै साढे दुई अर्बकाे राजस्व सङ्कलन
-
नागरिक लगानी कोषको लगानी पारदर्शी र प्रतिफलमुखी बनाउछाैँ : अर्थमन्त्री वाग्ले
-
बाढी उद्धारमा खटिएका सुरक्षाकर्मीलाई जलविद्युत्को आईपीओमा २ प्रतिशत हिस्सा
-
ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने