साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६२९.८१ विन्दुमा पुगेको छ। सूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार सेन्सेटिभ इन्डेक्स १.५५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५५ अंकले बढेको छ।
यस दिन २७८ कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएका छन्। बुधबार भने ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
बिहीबार नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ। त्यस्तै सोनापुर मिनरल्स, कुमारी सबल योजना र घोराही सिमेन्टको शेयर मूल्य पनि ७ प्रतिशतभन्दा बढीले बढेको छ।
यस दिन मिड सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
बिहीबार १३ वटा उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ।
उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। जीवन बीमा, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूह पनि बढेर बन्द भएका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम कारोबार दिन नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
-
फोहरमैला व्यवस्थापन विधेयक कार्यान्वयनमुखी बनाउन सांसद न्यौपानेको जोड
-
बबई लिफ्टिङ आयोजना छिटो सक्न तुलसीपुरवासीको हारगुहार
-
४१० मेगावाट प्रणालीबाहिर, हिउँद व्यवस्थापनमा प्राधिकरणको तयारी
-
डेढ दशकपछि परीक्षण उत्पादनमा पुग्यो राहुघाट जलविद्युत् आयोजना
-
देशभर बदली, कोशीदेखि लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना