सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का पूर्वाधार इप्पान ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ बजारमा किनबेच ?

जलसरोकार
मंगलबार, मंसिर ०८, २०८३ | १०:५९:१६ बजे

 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एक दिनमै सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ११० रुपैयाँ थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ३५ रुपैयाँ महँगिएको हो।

यससँगै नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ तथा चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति : मंगलबार, मंसिर ०८, २०८३ | १०:५९:१६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया