कारोबारको अन्तिम दिन पनि बढ्यो सेयर बजार, बैंकिङले बढायो, हाइड्रोमा कति ?
जलसरोकार
काठमाडौं,: साता कारोबारको अन्तिम दिन परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको छ ।
कारोबार रकम पनि केही बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भयो ।
अधिकांश कम्पनी १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रह्यो । मुख्यतः यस दिन ‘हाइक्याप सेक्टर’ बैंकिङ बढ्दा समग्र बजार बढेको छ । सो समूह १.८१ प्रतिशत बढ्यो । हाइक्याप सेक्टर बढेकै कारण अधिकांश कम्पनीको मूल्य घट्दा पनि बजार बढेको हो ।
बैंकिङबाहेक व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढे । विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०.३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटे ।
आत्मनिर्भर र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ७.३२, प्रभु बैंकको ५.८ तथा कुथेली बुखरी स्मल हाइड्रोको ५.०५ प्रतिशत मूल्य बढ्यो ।
प्रभुका अलवा मूल्य धेरै बढेका वाणिज्य बैंकहरुमा एनआईएमबी, ग्लोबल आईएमई, कुमारी, नेपाल एसबीआई, कृषि विकास, हिमालयन तथा नेपाल बैंक क्रमशः रहे ।
कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । जोशी हाइड्रोपावरको ९.९ तथा सप्तकोशी विकास बैंकको मूल्य ९.४ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना