सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी बाढीको १२औँ दिनमा सुवागढी जलविद्युत्‌को कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी

जलसरोकार
आइतबार, भदौ २१, २०८३ | १६:४१:३५ बजे

 

काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोजी तथा उद्धार कार्य १२औँ दिनमा पनि जारी छ ।

नेपाली सेनाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा खोजी तथा उद्धारको काम भइरहेको छ । आयोजनाका प्रतिनिधिसहितको टोलीले पावर हाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी गरेको सेनाले जनाएको छ ।

बाढीपछि आयोजनामा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सुरक्षाकर्मी तथा प्राविधिक टोली परिचालन गरिएको छ । घटनाको १२औँ दिनसम्म पनि खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको नेपाली सेनाले जनाएको छ ।

आयोजनामा अझै खोजी तथा उद्धारको काम जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : आइतबार, भदौ २१, २०८३ | १६:४१:३५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया