शुक्रबार सुनकाे मूल्य तोलामा २ हजार २०० र चाँदी ८५ रुपैयाँले महँगियो
जलसरोकार
काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। यस दिन सुन प्रतितोला २,२०० रुपैयाँ र चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव र माग–आपूर्ति सन्तुलनको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा क्रमिक वृद्धि देखिएको हो।
प्रतिक्रिया
भर्खरै
-
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे २१ अर्ब लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीलाई पनि गति दिने
-
नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो
-
मातातीर्थ-स्युचाटार प्रसारण लाइनको तार फेरिँदै, दुई दिन विद्युत् आपूर्तिमा असर पर्न सक्ने
-
प्रसारण शुल्क महँगो भएको भन्दै पुनरावलोकन गर्न इप्पानको माग
-
तनहुँमा बाढीले पाँच झोलुङ्गे पुल पूर्ण क्षति, आवतजावतमा समस्या
-
बैंकिङ प्रणालीबाट फेरि ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, तरलताको चाप अझै उच्च