कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
जलसरोकार
काठमाडौँ : कालिञ्चोक हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको ४२ हजार २५० कित्ता साधारण शेयरको लक–इन अवधि आगामी कात्तिक ६ गतेदेखि समाप्त हुने भएको छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयरमध्ये सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषका लागि छुट्याइएको सर्वसाधारण शेयरको ५ प्रतिशत हिस्सा लक–इनमा राखिएको थियो । उक्त शेयरको मूल्य ४२ लाख २५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार २०८३ कात्तिक ६ गते अर्थात् सन् २०२६ अक्टोबर २३ देखि उक्त शेयरको लक–इन अवधि समाप्त हुनेछ । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लक–इन अवधि समाप्त हुन लागेको जानकारी कम्पनीले सार्वजनिक गरेको हो ।
लक–इन अवधि समाप्त भएपछि सम्बन्धित सामूहिक लगानी कोषले प्रचलित कानुन तथा नियमअनुसार उक्त शेयर कारोबार गर्न सक्नेछन् । लक–इन अवधिभर भने सम्बन्धित शेयर बिक्री वा हस्तान्तरण गर्न रोक हुन्छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको २०८० असोज २५ गतेको निर्देशनअनुसार लक–इन अवधि समाप्त हुनेसम्बन्धी सूचना सार्वजनिक गरेको जनाएको छ ।
कालिञ्चोक हाइड्रोपावरको शेयर रजिस्ट्रारको जिम्मेवारी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले सम्हाल्दै आएको छ । कम्पनीले शेयरसम्बन्धी थप जानकारीका लागि शेयर रजिस्ट्रार तथा सम्बन्धित निकायसँग सम्पर्क गर्न सकिने जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै