व्यापक आलोचनापछि सरकार पछि हट्यो,अब ५०० रुपैयाँसम्मका वस्तुमा भन्सार नलाग्ने
जलसरोकार
काठमाडौं : चौतर्फी विरोधपछि सरकार पछि हटेकाे छ । सरकारले स्थलमार्गबाट सीमा नाका हुँदै ओहोरदोहोर गर्ने यात्रुले साथमा ल्याउन १०० रुपैयाँ मात्र रहेको थियो, जसको व्यापक आलोचना भएपछि सरकारले अब १०० रुपैयाँबाट बढाएर ५०० रुपैयाँसम्मका वस्तुमा भन्सार महसुल नलाग्ने व्यवस्था गरिएको हो ।
राजपत्रमा प्रकाशित नयाँ सूचनाअनुसार स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा बाहिरिने यात्रुले ५०० रुपैयाँसम्म मूल्यका निजी प्रयोगका वस्तु साथमा ल्याए वा लगेमा भन्सार कार्यालय प्रमुखले औचित्यका आधारमा महसुल नलिई छाड्न सक्नेछन्।
त्यस्तै, भारतमा अध्ययनरत नेपाली विद्यार्थीका हकमा उनीहरूले आफ्नो प्रयोगका लागि ल्याउने ट्याबलेट, ल्यापटप वा कम्प्युटरमध्ये कुनै एक थान नेपाल ल्याउँदा भन्सार महसुल तिर्नु नपर्ने व्यवस्था यथावत रहेको छ।
सरकारको यो निर्णयले सीमावर्ती आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै