एनएमबि बैंकद्वारा तिलोत्तमा पार्कमा वृक्षरोपण , हरित अर्थतन्त्र प्रवर्द्धनमा जोड
जलसरोकार
रुपन्देही : एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ स्थित तिलोत्तमा पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमअन्तर्गत पार्क क्षेत्रमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिची, कटर लगायतका करिब २०० फलफूलका बिरुवा रोपिएका छन्।
कार्यक्रमको उद्घाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले बिरुवा रोपेर गरेका थिए।
कार्यक्रममा सीईओ घिमिरेले वातावरण संरक्षण र जलवायु अनुकूलनलाई प्राथमिकतामा राखी एनएमबि बैंकले सातै प्रदेशमा वृक्षरोपण तथा सरसफाइ अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनले बैंकले ‘हरित अर्थतन्त्र’ वा ग्रिनोमिक्सलाई आत्मसात् गर्दै दिगो, समावेशी र वातावरणमैत्री विकासका लागि काम गरिरहेको उल्लेख गरे।
तिलोत्तमा वडाध्यक्ष गणेश पाठकले तिलोत्तमा पार्कमा वृक्षरोपण गरेबापत एनएमबि बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो अभियानमा निरन्तर सहकार्यको अपेक्षा राखे।
त्यस्तै, तिलोत्तमा पार्क व्यवस्थापन समितिका अध्यक्ष दीपक पाठकले तिलोत्तमा पार्कलाई आकर्षक र उत्कृष्ट बनाउने अभियानमा बैंकको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हुरीबताससहितको वर्षा प्रणाली पूर्वतिर सर्दै, उपत्यकामा वर्षा हुँदै
-
साताको पहिलो दिन नेप्से ३४.६३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
झापा इनर्जी लिमिटेडकाे नाफा १ करोड ६० लाख, आम्दानी बढ्दा वित्तीय सुधार
-
विश्व बैंकको ५२ मिलियन डलर ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्काे निर्णय
-
निजी क्षेत्रलाई सशक्त बनाउँदै आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने : अध्यक्ष ढकाल
-
आँखुखोला जलविद्युत्काे १७औँ र १८औँ वार्षिक साधारण सभा जेठ १५ मा हुने