पर्यटन क्षेत्रलाई डिजिटल भुक्तानीतर्फ उन्मुख गर्न एनएमबि बैंक, पाटा र भिसा बीच सम्झौता
जलसरोकार
काठमाडौं : एनएमबि बैंक लिमिटेडले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र ख्ष्कब सँग सहकार्य गर्दै एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्ने गरी सम्झौतामा हस्ताक्षर भएको छ ।
सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो जसले व्यवसायीहरूलाई कुनै भौतिक मेसिन बिना नै आफ्नो NFC इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्थबाट डिजिटल कार्ड मार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्राप्त गर्नेछन । पाटा नेपाल च्याप्टरले मुख्यत होटल, ट्राभल एजेन्सी, एयरलाइन्स लगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारी मार्फत, एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको छ ।
एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्ने बैंकले जनाएको छ।
यसले गर्दा पर्यटक र ग्राहकहरूलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ । यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ । एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
‘ग्यास उद्योगीलाई पाता कस्नुपर्ने’ उद्योगमन्त्रीको अभिव्यक्तिप्रति उद्योगीको आपत्ति
-
चार दिनको वृद्धिपछि नेप्से १५ अंकले घट्यो
-
विदेशी विज्ञसहितको उद्धार टोलीलाई सघाउन कुलमान घिसिङ चिलिमे पुगे
-
राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दै
-
सुन र चाँदीकाे मूल्य घट्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीको दुई सातापछि पनि भएन जलविद्युत्मा कार्यरत ९१७ जनाकाे उद्धार, अवस्था अझै अज्ञात