नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
जलसरोकार
काठमाडौं। एनएमबी बैंकले सरकारी नागरिक एप (Nagarik App) मार्फत सुरक्षित र ग्राहकको सहमतिमा आधारित तथ्यांक आदानप्रदान (Consent-Based Data Exchange) गर्ने उद्देश्यले सूचना प्रविधि विभाग (DoIT) सँग समझदारी गरेको छ।
यससम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएसँगै बैंकका ग्राहकले छिट्टै नागरिक एपमार्फत प्रमाणित व्यक्तिगत विवरण अनलाइन बैंकिङ आवेदन फाराममा स्वतः भर्न (Autofill) सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार यस व्यवस्थाले अनलाइन बैंकिङ सेवा लिन आवश्यक पर्ने व्यक्तिगत विवरण पटक–पटक टाइप गर्नुपर्ने झन्झट हट्ने, कागजी प्रक्रिया कम हुने र बैंकिङ सेवा प्राप्त गर्ने समय छोटिनेछ।
एनएमबी बैंकले यस प्रणालीमा ग्राहकको गोपनीयता र तथ्यांक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट रूपमा अनुमति दिएको अवस्थामा मात्र आवश्यक विवरण बैंकसँग साझा हुने र प्राप्त सूचना सम्बन्धित सेवा प्रदान गर्नका लागि मात्रै प्रयोग गरिने बैंकको भनाइ छ।
बैंकका अनुसार यो सहकार्यले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार (Digital Public Infrastructure–DPI) को उपयोग गर्दै डिजिटल बैंकिङ सेवालाई थप सुरक्षित, सहज र पहुँचयोग्य बनाउन सहयोग पुर्याउनेछ।
यस पहलले डिजिटल बैंकिङ सेवामा कागजी प्रक्रिया घटाउनुका साथै सरकारी डिजिटल प्रणाली र बैंकिङ सेवाबीचको अन्तरसम्बन्धलाई पनि थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपसँग जोडिँदै एनएमबी बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
-
प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई आउन आग्रह, सहकार्य गर्न प्राधिकरण तयार : कार्यकारी निर्देशक श्रेष्ठ
-
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, परिसूचक ७९ अंकभन्दा बढीले उकालो
-
ऊर्जा सुरक्षाका लागि निजी क्षेत्रसँगको सहकार्य अझ सुदृढ बनाइन्छ : महानिर्देशक श्रेष्ठ
-
४९७.६ मेगावाटका २० जलविद्युत् र १३ मेगावाटका दुई सौर्य आयोजना सम्मानित (सूचीसहित)
-
राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याएको भन्दै मादमेखोला जलविद्युत् आयोजना सम्मानित