एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण
जलसरोकार
लालबन्दी, सर्लाही – एनएमबि बैंकले सर्लाहीको लालबन्दी-५ स्थित श्री अमर जैन विद्यालयमा विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना गरिएको हो।
बैंकका प्रतिनिधिहरूले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने प्रतिबद्धता अनुसार कार्यक्रम सञ्चालन गरेका हुन्। यस पहलले विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउने र विद्यार्थीहरूलाई थप प्रोत्साहन प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले एनएमबि बैंकको सामाजिक पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
त्यस्तै, बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखाका प्रबन्धक अरुण आचार्य पनि कार्यक्रममा उपस्थित थिए।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सहभागीहरूले बैंकको यस उदाहरणीय पहलको सराहना गरेका थिए।
एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ। बैंक हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १० घरपरिवारलाई मुआब्जा निर्धारण
-
काठमाडौं उपत्यकामा एलपी ग्यास अभावको हल्ला निराधार, आपूर्ति पर्याप्त रहेको निगमको प्रष्टीकरण
-
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाड-हिमालमा वर्षा र हिमपातको सम्भावना
-
सेयर बजारमा सामान्य सुधार, कारोबार साढे आठ अर्ब नाघ्यो
-
कञ्चनपुरका सीमसार क्षेत्रको अस्तित्व सङ्कटमा
-
कर्णालीमै पहिलो पटक १३२ केभी प्रसारण लाइन चार्ज, कोहलपुर–सुर्खेत–दैलेख लाइन सञ्चालनमा