एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जलसरोकार
बुटवल – एनएमबि बैंकका कर्मचारी तथा ग्राहकले अब बुटवल हस्पिटल प्रालिबाट स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटलबीच भएको सम्झौताअनुसार बैंकका कर्मचारी, परिवार र ग्राहकले विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने व्यवस्था गरिएको हो। सम्झौता बमोजिम हस्पिटलले उपलब्ध गराउने बेड चार्ज, ल्याब टेस्ट, अपरेसन चार्ज, युएसजी, ईसीजी, इको, एक्स–रे, फिजियोथेरापी र औषधिमा ५ देखि १५ प्रतिशतसम्म छुट लागू हुनेछ।
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले हस्ताक्षर गर्नुभयो। सम्झौताबाट बैंकका कर्मचारी र ग्राहकलाई उपचार खर्चमा राहत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
छुट प्राप्त गर्नका लागि सेवाको भुक्तानी एनएमबि बैंकको खाताबाट गर्नुपर्नेछ। यसका लागि बैंकका एटीएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपिएस र क्यूआर कोड प्रयोग गर्न सकिनेछ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स