एनएमबि बैंकद्वारा मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण
जलसरोकार
पोखरा: एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशस्थित मानवसेवा आश्रममा सोलार सामग्री हस्तान्तरण गरेको छ।
पोखरास्थित आश्रममा आयोजित एक विशेष कार्यक्रममा १,००० लिटर क्षमताको सोलार ट्यांकीसहित विभिन्न सोलार उपकरणहरू प्रदान गरिएको हो। गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय सन्देश कुमार थापाको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कार्यक्रममा अध्यक्षता गरेका थिए। कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरू रवीन्द्र कुमार भट्टराई, प्रा. डा. हरि पाठक, शालिकराम गुरुङ, विमल बहादुर कुँवर र ओम कुमार मुल्मीको पनि उपस्थिति रहेको थियो।
मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले कार्यक्रममा मन्तव्य राख्दै बैंकप्रति कृतज्ञता व्यक्त गरे।
CSR अन्तर्गत बैंकका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, र वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतहरू सहितको टोलीले संयुक्त रूपमा सोलार सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रममा एनएमबि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, मानवसेवा आश्रमकी महासचिव सुशीला के.सी. (रूपा), रिटेल तथा साना व्यवसाय प्रमुख गणेश पराजुली, प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत बैंकका कर्मचारीहरू र आश्रम प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
बैंकले साउन महिनालाई ‘ग्रीन मन्थ’ को रूपमा मनाउँदै दिगो विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। यस्तै CSR कार्यक्रमहरू अन्य प्रदेशहरूमा समेत सञ्चालन भइरहेको बैंकले जनाएको छ।
हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता
-
एकैदिन ३५ सयले बढ्याे सुनको मूल्य, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
सूर्यकुन्ड हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
-
सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ