एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न
जलसरोकार
काठमाडौँ : एनएमबि बैंक को ३०औँ वार्षिक साधारण सभा (एजीएम) आज बिहीबार काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ।
सभाको अध्यक्षता बैंकका अध्यक्ष मनाेजकुमार गाेयलले गरेका थिए ।
सभाले चालु चुक्ता पुँजीका आधारमा कर प्रयोजनसमेत समेटी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार ५ प्रतिशत नगद तथा ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ।
सभामा प्रस्तुत विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
- सभालाई सम्बोधन गर्दै एनएमबि बैंकका अध्यक्ष मनाेजकुमार गाेयल
- बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको र २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।
हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले भविष्यमा सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण तथा दिगो वित्तीय वृद्धिमा थप ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि सभामा व्यक्त गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता