सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

जलसरोकार
बिहीबार, पुस २४, २०८२ | १७:५६:०० बजे

काठमाडौँ  : एनएमबि बैंक को ३०औँ वार्षिक साधारण सभा (एजीएम) आज बिहीबार काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। 

सभाको अध्यक्षता बैंकका अध्यक्ष मनाेजकुमार गाेयलले गरेका थिए ।

सभाले चालु चुक्ता पुँजीका आधारमा कर प्रयोजनसमेत समेटी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअनुसार ५ प्रतिशत नगद तथा ५ प्रतिशत बोनस सेयर वितरण गरिनेछ।

सभामा प्रस्तुत विवरणअनुसार बैंकले आर्थिक वर्ष २०८२ असार मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

  •                                       सभालाई सम्बोधन गर्दै एनएमबि बैंकका अध्यक्ष मनाेजकुमार गाेयल
  •  
  • बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको र २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ।

हाल बैंकले देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले भविष्यमा सेवा विस्तार, डिजिटल बैंकिङ सुदृढीकरण तथा दिगो वित्तीय वृद्धिमा थप ध्यान केन्द्रित गर्ने प्रतिबद्धता पनि सभामा व्यक्त गरिएको छ।

प्रकाशित मिति : बिहीबार, पुस २४, २०८२ | १७:५६:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया