एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा
जलसरोकार
काठमाडौं — एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब रु. ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १० दिनभित्र eNMB एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।
न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने बैंकले आज जारी गरेको विज्ञप्तिमा छ।
एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना