सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

जलसरोकार
सोमबार, मंसिर २२, २०८२ | १३:२५:२४ बजे

काठमाडौं — एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ। यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब रु. ५,००० भन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (EMI) मा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र POS स्लिप १० दिनभित्र eNMB एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।

न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधा सहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिने बैंकले आज जारी गरेको विज्ञप्तिमा छ।

एनएमबि बैंकले देशभरका २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।

 

प्रकाशित मिति : सोमबार, मंसिर २२, २०८२ | १३:२५:२४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया