नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन
जलसरोकार
काठमाडौँ : नबिल बैंक लिमिटेडको सोमबार सम्पन्न ४१औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालकमा अनिलकेशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । शाह सञ्चालकमा चयन भएसँगै बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् ।
बैंक अध्यक्ष उपेन्द्र पौडेलको कार्यकाल सकिएपछि साधारणसभा पश्चात् बसेको सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो । बैंकका अनुसार नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि चौधरीले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको १२ दशमलव ५० प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ।
यस अवसरमा बैंकले निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले सफलतापूर्वक दुई कार्यकाल पूरा गरेको जनाएको छ । पौडेलको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको बैंकको भनाइ छ। विशेषगरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ अभ्यास, नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप (नबिल एसएसई) को स्थापना तथा मर्जर प्रक्रियालाई सफल बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ मा नबिल बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नामक नयाँ पूँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी भएसँगै अतिरिक्त प्राथमिक पूँजीमार्फत बैंकको पूँजीगत आधार थप सुदृढ हुने, जोखिम बहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हाल नबिल बैंकले देशभर २ सय ६८ शाखा र ३ सय २१ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । चार दशकभन्दा लामो समयदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङ अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ सेवाका लागि ‘एन बैंक’ सञ्चालनमा ल्याएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आरसीओडी ‘ठूलो उपलब्धि’ थियो भने मन्त्रालयको उपलब्धि सूचीमा किन परेन?
-
नेप्से ७.९० अंकले बढ्यो, कारोबार रकम ६ अर्ब २६ करोड नाघ्यो
-
ऊर्जा मन्त्रालयका १५ दिने उपलब्धि सार्वजनिक : विद्युत् व्यापार क्षमता विस्तारदेखि आयोगमा नयाँ नेतृत्वसम्म
-
दुई वर्षको ठेक्का अन्योल अन्त्य, अपर त्रिशूली–३बीले उत्पादनको नयाँ लक्ष्य तय गर्यो
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु